बैशाख १४
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली पुग्नुभएको छ । चार दिने भारत भ्रमणका लागि उहाँ आज अपरान्ह नयाँ दिल्ली पुग्नुभएको हो । नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले स्वागत गर्नुभयो ।
भारत पुगे लगत्तै अध्यक्ष दाहालले अहिले केहीबेरमा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र भारतीय विदेश सचिव रञ्जन मथाईसंग भेटवार्ता गर्नुहुने त्यहाँबाट सहकर्मी महेश आचार्यले जनाएका छन् । नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीसंग अध्यक्ष दाहालले भ्रमणका क्रममा पुराना असहमितका बिषय थाति राखेर आर्थीक विकासको एजेण्डा मात्र छलफल गर्ने बताउनुभयो ।
अध्यक्ष दाहाले विशेष गरी जलस्रोत, पर्यटन र भौतिक विकास लगायत विषयमा छलफल हुने बताउनुभयो । दुई मूलुकबीचको राजनीतिक र आर्थिक वातावरण सकारात्मक बनाउन भारत जान लागेको भन्दै दाहालले आगामी संबिधानसभाको निर्वाचनका लागी सहयोग जुटाउनु पनि आफ्नो भ्रमणको उदेश्य रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारीको कुरा रणनीतिक भिजन भएकोका त्यसलाई दुई पक्षिय सहकार्य नकारेको रुपमा नबुझ्न आग्रह समेत गर्नुभयो । दाहालसंगै पत्नी सीता, एकीकृत माओवादीका नेता कृष्णवहादुर महरा र सहयोगी शिव खकुरेल हुनुहुन्छ । भ्रमणका क्रममा पूर्व–प्रधानमन्त्री समेत रहेका दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र विदेशमन्त्री सल्मान खुर्सिद लगायतसंग भेटघाट गर्नुहुनेछ । त्यस्तै, भारतमा रहंदा दाहाल नेपाल–भारत सम्वन्धको बिषयमा आयोजित अन्तक्रिया लगायत औपचारिक कार्यक्रममा सहभागी हुनु हुनेछ । चीन भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको बहस उठान गरेका दाहाललाई नयाँ दिल्लीबाट दिइने सन्देश र सुझावले नेपाली राजनीतिको भविष्यमा ठूलो अर्थ राख्ने विश्लेषण भइरहेका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !