आइपिएल क्रिकेट : चेन्नईले हैदरावादलाई हरायो
काठमाडौ, बैशाख १३ – आइपिएल क्रिकेटमा बिहीबार राति चेन्नई सुपर किङ्ग्सले सनराईजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।
१ सय ६० रनको लक्ष्य चेन्नईले २ बल बाँकी छँदा भेट्टायो । चेन्नर्इको जितमा कप्तान महेन्द्रसिंह धोनीले ७ चौका र ४ छक्का सहित नटआउट ६७ रनको योगदान गरे ।
अन्तिम ६ बलमा १५ रन आवश्यक परेका बेला हैदराबादका आशिष रेड्डीले एक वाइड बल फ्याँके भने धोनीले दोश्रो बलमा छक्का तथा तेश्रो र चौथो बलमा चौका हान्दै टिमलाई जित दिलाएका हुन् ।
चेन्नर्इका लागि माइकल हसीले ४५, मुरली विजयले १८ र सुरेश रैनाले १६ रन जोडे । हैदराबादका अमित मिश्राले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको हैदराबादले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।
हैदराबादका लागि शिखर धवनले नटआउट ६३, आशिष रेड्डीले नटआउट ३६, ड्यारेन सामीले १९, अमित मिश्राले १५ र थलइभान सर्गुनमले १० रन बनाए । चेन्नइका मोहित शर्मा र ड्वायेन ब्राभोले २÷२ विकेट लिए ।
आइपिएलमा शुक्रबार कोलकाता नाइट राइडर्स र किङ्ग्स इलेभेन पन्जाबबीच खेल हुनेछ ।
Labels:
sports

0 comments:
Speak up your mind
Tell us what you're thinking... !