१६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ४ विकेटले पराजित गरेको छ ।
बेङ्ग्लोरले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य राजस्थानले अन्तिम १ बल बाँकी छँदा ६ विकेटको भेट्टायो । अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन लिएको राजस्थानका ब्राड हज दोस्रो बलमा आउट भए । तेस्रो बलमा रन लिने क्रममा साह रन आउट भए भने चौथो बलमा जेम्स फल्कनरले १ रन लिएपछि राजस्थानलाई २ बलमा ३ रन चाहियो । त्यसपछिको बलमा स्टुअर्ड विन्नीले चौका हानेपछि राजस्थान विजयी भयो । उसका लागि सन्जु सासोनले ६३ र शेन वाट्सनले ४१ रन जोडे ।
यसअघि पहिले व्याटिङ थालेको बेङ्ग्लोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । उसका लागि क्रिस गेलले सर्वाधिक ३४ रन बनाए । शेन बाट्सनले २२ रन दिएर ४ विकेट लिए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !