
१८ वैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभाको चुनाव सफल पार्न मजदुरहरुलाई आग्रह गर्नुभएको छ ।
विश्व मजदुर दिवसमा अवसरमा बुधबार सन्देश दिँदै अध्यक्ष रेग्मीले भन्नुभएको छ- निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन न सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई आग्रह गर्दछु ।
रेग्मीले मे दिवसको शुभकामना सन्देशमा निर्वाचनप्रति फरक धारणा राख्ने दलहरुलाई चुनावमा सहभागी हुन आग्रहसमेत गर्नुभएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !