Headlines News :
Home » , » १२३ वर्षपछि नेदरल्याण्डले राजा पायो, रानीले छोरालाई गद्दी सुम्पिइन् (फोटोफिचर सहित)

१२३ वर्षपछि नेदरल्याण्डले राजा पायो, रानीले छोरालाई गद्दी सुम्पिइन् (फोटोफिचर सहित)

युरोपेली मुलुक नेदरल्याण्डले सन् १८९० यता पहिलोपटक राजा पाएको छ । ३३ वर्षसम्म राजगद्दी सम्हालेकी रानी बिटि्रक्सले आफ्ना जेठा छोरालाई गद्दी सुम्पिएसँगै राजकुमार विलेम अलेक्जेण्डर नेदरल्याण्डको राजा बनेका छन् । एम्सर्डममा रहेको राजदरबारमा आयोजित विशेष समारोहबीच रानीले गद्दी त्याग गर्दै छोरालाई गद्दी सुम्पिएकी हुन् ।



रानीले छोरालाई गद्दी सुम्पिएसँगै नयाँ राजा पाएको खुसियालीमा नेदरल्याण्डका जनता उत्सव मनाउन सडकमा उत्रिएका छन् । अलेक्जेण्डरको गद्दी आरोहण समारोहमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दा रानी निकै भावुक देखिन्थिन् र उनका खुसीका आसु झण्डै चुहिएका थिए । गद्दी हस्तान्तरण गरिएको कागजमा पूर्व रानी र वर्तमान राजा अर्थात् आमाछोराले हस्ताक्षर गरे । राजदरबार बाहिर जम्मा भएको भिडलाई सम्बोधन गर्दै ७५ वर्षीय पूर्व रानी बेटि्रक्सले भनिन् ‘तपाइँहरुको नयाँ राजा विलेम अलेक्जेण्डरलाई चिनाउन पाउँदा मलाई निकै खुसी लागेको छ ।’




छोरा अलेक्जेण्डरले पनि आमाको हात समाउँदै आभार व्यक्त गरेर श्रद्धाले झुकेका थिए । अलेक्जेण्डर ४६ वर्षका छन् । अलेक्जेण्डर राजा बनेसँगै उनकी पत्नी म्याक्जिमा रानी बनिन् भने जेठी छोरी राजकुमारी घोषित भइन् । नेदरल्याण्डमा सन् १८९० यता महिला (रानी) ले गद्दी सम्हाल्दै आएका थिए । हेरौँ गद्दी हस्तान्तरण सहित नेदरल्याण्डका जनताले मनाएका खुसीका दृश्यहरु











Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com