Headlines News :
Home » » आज विश्व मजदुर दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाईदै

आज विश्व मजदुर दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाईदै

१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, अन्तर्राष्ट्रिय अजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २४औं मजदुर दिवसका अवसरमा आज सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । 
एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ । त्यस्तै ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । विभिन्न ठाउँबाट र्‍याली निकालेपछि खुलामञ्चमा सभा गर्ने ट्रेड युनियनका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।

एकीकृत माओवादीको मजदुर संगठनले र्‍याली सहितको सभा गर्ने जनाएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालिने र्‍याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने उसले जनाएको छ । बिहानै बाट ठाउँ ठाउँमा र्‍याली सुरु गरेका छन् । अमेरिकारको सिकागो शहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पुरा भएको अवसरमा मे दिवस मनाइदै आएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com