Headlines News :
Home » » टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा स्टन्टम्यानको मृत्यु (भिडियोसहित)

टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा स्टन्टम्यानको मृत्यु (भिडियोसहित)

१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।

उनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।

उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।

उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।

भिडियो हेर्नुस्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com