२७ वैशाख, नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा एक नेपाली बालिका बलात्कृत भएकी छिन् । भारतको नयाँदिल्लीस्थित चिराग देल्हीको घरमा सुतिरहेको अवस्थामा चार वर्षकी बालिकालाई उडिसाका विजय कन्दुल लाले बुधबार साँझ बलात्कार गरेका हुन् ।
बालिकाको अलइन्डिया मेडिकल अस्पताल एम्समा उपचार भइरहेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार बालिकाको अवस्था गम्भीर रहेको दर उनको आइसीयू राखेर उपचार गरिरहिएको छ ।
अभियुक्त कन्दुललालाई प्रहरीले पक्राऊ गरी कारबाही अगाडि बढाएको जनाएको छ । अर्घाखाँची घर भई परिवारसँग चेराग देल्लीमा परिवारसँग बस्दै आएकी बालिकाकी आमा काममा बाहिर गएको मौकापारी कन्दुललाले बलात्कार गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !