२७ वैशाख, काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् ।
लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरेका ३३ दलले राष्ट्रपति संविधानको भक्षक भएको आरोप लगाएका छन् ।
‘यो देशमा राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न सकेनन् । संविधानको रक्षा गर्न सकेनन’ धर्नापछि कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यष सीपी गजुरेलले भन्नुभयो-’यस्तो राष्ट्रपतिको काम छैन । राजीनामा दिनुपर्छ ।’ उहाँले अघिल्लो दिनसम्म सर्वोच्च र कानुनी सल्लाहकारसँग छलफल गर्छु भन्ने राष्ट्रपतिले रातारात कसको फोनको भरमा लोकमानलाई नियुक्त गरे भनि प्रश्न समेत गर्नुभयो ।
लोकमानलाई हटाउन माग गर्दै २९ र ३० गते बन्द आयोजना गरिएको भन्दै उहाँले माग सम्बोधन नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो । नेकपा-माओवादीसहितका ३३ दलले शीतल निवास अगाडी धर्ना दिइरहँदा राष्ट्रपति भने बाहिरिनु भएको थियो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !