२८ वैशाख, काठमाडौं । नेकपा एमालेले भारतको दबावमा शाहीकालका मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाएको दावी गरेको छ । लोकमानको नियुक्तिले लोकतन्त्र र परिवर्तनका पक्षधरलाई ठेस पुर्याएको भन्दै एमालेले सुरुमै नेतृत्वले गल्ती गरेको स्वीकार गरेको छ ।
केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय बल्खुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष खनालले विदेशीको दबाबमा कार्कीको नियुक्ति भएको बताउनुभयो । कुन विदेशी शक्तिले भन्ने प्रश्नमा खनालले नेपालमना जस्तोसुकै हस्तक्षेप गर्न सक्ने विदेशी को छ, यहाँहरुले बुझिहाल्नुहुन्छ नि भनेर छल्ल खोज्नुभयो । भारतले हो भन्ने प्रश्न गरेपछि ‘हो तपाईहरुलाई सबै छर्लङ छ’ भन्दै खनालले भन्नुभयो-’तपाईहरुले थाहा पाइहाल्नुभयो ।’
खनालले आफूहरुले कार्कीलाई निुयक्त नगर्न आग्रह गरेनि सुनुवाई नभएको र हतारहतारमा सपथ गराएको आरोप समेत लगाउनु भयो ।
एमालेले उच्चस्तरीय राजनीतिक समितिको औचित्यमाथि प्रश्न समेत उठाएको छ । एमाले प्रचार विभाग प्रमुम प्रदीप ज्ञवालीले अख्तियारमा लोकमानसिंह कार्कीको सिफारिस सच्याउन आग्रह गरेपनि वेवास्ता गरिएको भन्दै यसले उच्चस्तरीय राजनीतिक समितिको औचित्यमा प्रश्न उठेको बताउनुभयो ।
एमाओवादीबाहेकसँग सहकार्य
एमालेले एमाओवादी बाहेकका लोकतान्त्रिक र बामपन्थी शक्तिसँग सहकार्य गरेर लोकतान्त्रिक शक्तिको दुईतिहाई ल्याउने योजनाका साथ चुनावमा जाने बताइको छ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले अगाडी सारेका राष्ट्रियता र जीविकासँग सम्बन्धित कतिपय मान्यता साकारात्मक भएपनि हिंसाको बाटो र चुनाव विथोल्ने प्रयास भने गलत भएको नेकपा एमालेको ठहर छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !