२९ वैशाख, काठमाण्डौं । चन्द्रमाबाट ल्याएको चट्टानको सबैभन्दा ठूलो टुक्रो ‘मेयर बसाल्ट’ साउन तेस्रो साता नेपालमा प्रदर्शन हुने भएको छ ।
सुनसरीको सीतागन्जस्थित एभरेस्ट विज्ञान केन्द्रले साउन २० देखि भदौ ९ गतेसम्म केन्द्र परिसर (शान्तिवन) मा चन्द्रमाको चट्टान प्रदर्शन गर्न लागेको हो ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष डा. दिलीप अधिकारीले नेपालमा प्रदर्शनका लागि बसाल्ट ल्याउन अमेरिकाको आन्तरिक अनुसन्धान संस्था नासासँग सम्झौता भइसकेको जानकारी दिएको खबर नागरिक दैनिकले छापेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !