बाजुरा वैशाख १९- बाजुराको बाह्रबिस गाविसकी शोभा नेपालीको सुत्केरी हुन नसकेर जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
बाह्रबिस गाविस स्थायी बसोवास गर्ने १८ वर्षकी शोभा नेपालीको बच्चा जन्माउन नसकेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मङ्गलशैनमा उपचारका लागि लगिएको थियो ।
उमेर नपुगी विवाह गरेकाले यस्तो अवस्था आएको जिल्ला अस्पताल अछामले जनाएको छ । रासस

0 comments:
Speak up your mind
Tell us what you're thinking... !