२६ वैशाख, काठमाडौं । डेविड मोएज म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने भएका छन् । यसको घोषणा बिहीबार हुने बताइएको छ ।
सर्वाधिक सफल प्रशिक्षक एलेक्स फर्गुसनले अबकास लिएपछि इर्भटनका प्रशिक्षक ५० वर्षीय मोएज ओल्ड ट्राफडको प्रशिक्षक बनेका हुन् । १९८६ मा म्यानचेष्टर सम्हालेका फर्गुसनले १३ प्रिमियर लिग र २ च्याम्पियन्स लिगसहित ३८ ट्रफी दिलाएका थिए ।
म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षक बनेका मोएजले सन् २००२ देखि इर्भटन सम्हाल्दै आएका थिए ।
२००५ मा इभर्टनलाई प्रिमियर लिगको चौथो स्थानमा पु¥याउँदै च्याम्पियन्स लिगका लागि छनोट गराएका उनकै नेतृत्वमा इभर्टन २००९ मा एफ ए कपको फाइनलमा पुगेको थियो । सेल्टिकबाट फुटबल खेल्न थालेका उनले प्रेस्टनबाट खेलाडी जीवनको अन्त्य गरेका थिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !