२६ बैशाख, काठमाडौं । स्मार्टफोन मार्फत बजार तताउँदै आएको सामसुङ मोबाइलले फोटो प्रतियोगिता तथा प्रर्दशनीको प्रायोजन गर्ने भएको छ । फोटो पत्रकार क्लवले निकट भविष्यमा आयोजना गर्न लागेको प्रतियोगितामा सामसुङ स्मार्टफोनले डेलि लाइभ बिधामा प्रायोजन गर्ने सहमती गरेको छ । सहमतिपत्रमा सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि -आइएमएस) का कार्यकारी अध्यक्ष दीपक मलहोत्रा र फोटो पत्रकार क्लवका अध्यक्ष प्रकाश माथेमाले बुधबार हस्ताक्षर गर्नुभयो ।
प्रतियोगिताको डेलिलाइभ प्रायोजनका लागि सामसुङ मोबाइलले फोटो पत्रकार क्लवलाई २ लाख रुपैयाँ नगद र ३० हजार रुपैयाँ पर्ने स्मार्टफोन उपलब्ध गराउने भएको छ । निकट भविष्यमा हुन लागेको प्रतियोगिताको डेलिलाइभ विधाको अगाडि सामसुङ ग्यालेक्सी एस-४ रहने छ । आइएमएसका कार्यकारी अध्यक्ष मलहोत्राले प्रतियोगिताको टाइटल प्रायोजन गर्ने लक्ष्य भएपनि समय अभावले नसकिएको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा पनि क्लवसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । आईएमएसले आगामी वर्षहरुमा फोटोग्राफी तथा फोटोपत्रकारीताका क्षेत्रमा अझ ब्यापक सहयोग गर्दै जाने अध्यक्ष दिकेश मलहोत्राले बताउनुभयो । क्लबका अध्यक्ष माथेमाले सामसुङ मोबाइलसँगको सहकार्यले आफुहरुलाई हौसिएको बताउनुभयो ।क्लवले आगामी आइतबार फोटो प्रतियोगिता तथा प्रदर्शनीको मिति सार्वजनिक गर्ने जनाएको छ । मेलामा ७ विद्यामा प्रतिस्पर्धा गराइने क्लवले जनाएको छ । आगामी तीन वर्षसम्मको लागि फोटो प्रतियोगिता तथा प्रर्दशनीको टाइटल स्पोन्सर गर्ने सहमती गरिसकेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !