शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।
चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ गरेका थिए । साँघुरो कोठामा बिहे गरिसकेपछि एक युवकले कसरी आफ्नो यौन कुण्ठालाई फुकाउन सक्छ भन्ने बिषय नै सिनेमाको मुख्य कथा हो । कहिले आमाका कारणले त कहिले बारम्बार कराउने खाटका कारण उक्त युवकले श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पाउँदैन ।
बर्षाको समयमा पानी चुहिएर खाट कराउने भैसकेको हुन्छ । राती श्रीमतीसँग सम्बन्ध राख्न खोज्दा काट खुबै कराउँछ । यसपश्चात चलचित्रमा समावेश संवादले दर्शकलाई खुबै हसाउँछ । सुशांकको श्रीमती बनेकी दियाले ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’ भनि बोलेको संवादले दर्शकलाई मनोरञ्जन मात्र दिदैन धेरै कुरा संझाउन वाध्य पनि बनाउँछ ।
चलचित्र ‘साँघुरो’ले व्यापारिक रुपमा कत्तिको सफलता पाउँछ त्यो हेर्न बाँकी छ । तर सिनेमा हेरेर फर्किएका अधिकांश चलचित्रकर्मी र पत्रकारले ‘साँघुरो’ चल्ने विश्वास व्यक्त गरेका थिए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !