बिजय तिमील्सिना
खल्बलियको मनस्थिती पछाडि भिरेको झोला
था छैन जाने कहाँ,भन्ने कसलाई,गर्ने के
थप्लोमा साहुको ऋणको वोज
घरमा आमा,बाउ,प्यारीका भिजेका आँखा
अनी पुन्टेको भविश्य
हरेक नयाँ बिहानि सँगै नयाँ जीवन खोज्दै
सबको जिन्दगीमा उज्यालो ल्याउन
टोल,गल्ली हुँदै शहर छिरेको
फर्कियला छोरो उकास्ला घर खेत
बाटो हेर्दै बसेकी प्यारी
बा बा आउछन पा पा ल्याउछन
पा पा खाउला स्कुल जाउला
भन्दै बसेको पुन्टे
सबैको भविश्य म
अनी मेरो भविश्य
खोइ कहाँ कहाँ
अब बाँकी कलेटी परेको वोठ
खोक्रो पेट,ख्याउटा गाला
थाकेको शरीर,भित्र छिरेका आँखा
उही पुरनो झोला पछाडि भिरी
खाली हात,त्यही लोते चप्पल
मैन बत्तीमा गाँसेर
फर्कदै छ बा तपाईंको छोरो
सहुलाई रिझाउदै गर्नु
जोतेर खेत तिर्ने छ ऋण
धेरैका छोरा यो शहरमा रमाउदा
म तपाईंको नलायकलाई
यो शहरले एकपल पनि हाँस्न दिएन
यो शहरलाई मैले चिन्न सकिन
तपाईंले दियको शिक्षाले
यो शहरमा काम गरेन
इमानदारिता को यो शहरले खिल्ली उडायो
मेरो स्वाभिमानको वलत्कार गर्यो
म वलक्रित भएर यो शहरमा टिक्न सकिन
त्यही झोला अनी त्यही चप्पल गांसेर
फर्कदै छ बा तपाईंको छोरो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !