जेठमा स्ववियु चुनाव गर्न बाटो खुल्यो
काठमाडौं, बैशाख २० – सर्वोच्च अदालतले २८ वर्ष नाघेकाले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दिन पाउनु पर्ने माग गर्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले हालेको रिटको विपक्षमा फैसला गरेको छ ।
फैसलासँगै अब स्ववियु चुनावमा २८ वर्ष नाघेकाले उम्मेदवारी दिन नपाउने भएका छन् ।
अदालतको आदेशसँगै अब जेठमा स्ववियु चुनावका लागि बाटो खुलेको छ ।
न्यायाधीशहरु रामकुमार प्रसाद शाह, तर्कराज भट्ट, र बैद्यनाथ उपाध्यायको संयुक्त इजलासले स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालयले नियम बनाई कार्यान्वयन गर्न सक्ने भएकाले अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।
त्रिविले स्ववियु चुनावमा समानुपातिक निर्वाचन प्रणाली अपनाउनुका साथै २८ वर्ष उमेर हद कामय गर्ने निर्णय गरेपछि कांग्रेस र एमाले समर्थित ११ विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !