Headlines News :
Home » » यस्तो छ कलाकारको कमाई

यस्तो छ कलाकारको कमाई


‘सानो पर्दाका घरमा, चलचित्रका डेरामा’

काठमाडौं – धेरैलाई लाग्न सक्छ नेपालका प्रायजसो नायक नायिकाले घरघडेरी र गाडी जोडीसके । तर नेपाली चलचित्र उद्योगमा राम्रैसँग जमेका धेरै कलाकारको बास अहिले डेरामै छ ।

त्यसो त डेरामा बस्नु र पैसा कमाउनु फरक कुरा हुन् । तर डेरालाई एउटा आधार मान्ने हो भने धेरै नेपाली कलाकारको कमाई सन्तोषजनक छैन ।

चर्चामा आएर देश विदेश चहारेका नायक, नायिका अहिले महिनैपिच्छे घरधनीलाई भाडा बुझाउँदै बसेका छन् । ठूलो पर्दामा सुकिला, मुकिला र सभ्रान्त देखिने कलाकारलाई मासिक भाडा बुझाउन धौं धौं भएका बेला सानो पर्दा अर्थात टेलिश्रृंखलाका कलाकारले भने घर गाडी जोडिसके ।

हाँस्य टेलिश्रृखंलामा अभिनय गर्ने कतिपय नाम चलेका कलाकारका काठमाडौंमा भव्य महल र गाडी छन् । ‘तितो सत्य’ का दीपकराज गिरी, दीपाश्री निरौला, ‘मेरी बास्सै’ का केदार घिमिरे (माग्ने बुढा) सिताराम कट्टेल (धुर्मुश), ‘जिरे खुर्सानी’ का जितु नेपाल (मुन्द्रे) मनोज गजुरेललायतका कलाकारको जीवनस्तर अभिनय बाट नै बदलिएको छ ।

टेलिभिजनमा प्रसारण हुने हाँस्य टेलिश्रृखंला र देश बिदेशमा हुने स्टेज कार्यक्रमले उनीलाई मनग्गे दाम कमाउने अवसर जुटायो । अभियनकै भरमा मेरी बास्सैका माग्ने बुढाले पाँच बर्षअघि ललितपुरको इमाडोलमा साढे दुई तले घर ठड्याइसकेका छन् ।

धुर्मुशको धापाखेलमा, दीपकराज गिरीको एयरपोर्टमा, जितु नेपालको नरेफाँटमा र मनोज गजुरेलको बालकोटमा घर छ ।

केदार घिमिरे ‘माग्ने बुढा’ भन्छन्, ‘काठमाडौंमा बाँचेर घर बनाउन धेरै गाह्रो छ ।  देश बिदेशको कार्यक्रमले मलाई निक्कै सघायो ।’

ठूलो पर्दाका डेरामा

ठूलो पर्दा अर्थात चलचित्रमा अभिनय गर्ने हिरो हिरोइन अझै डेरामै छन् । आफू अभिनित आधा दर्जन भन्दा धेरै फिल्म हिट भएका नायक आर्यन सिग्देलको बास अहिले पनि डेरामा छ । फ्ल्याट लिएर बसेका सिग्देल व्यस्त नायकमा पर्छन् । सिग्देल मात्रै हैन त्यसरी नै चलेका जीवन लुईटेल, राजवल्लभ कोइराला, सुमनसिंह पनि डेरामै बस्छन् ।

नायिका पनि उस्तै

नायक मात्र हैन नायिकाको अवस्था पनि त्यस्तै छ । चलेका नायिकाहरु नम्रता श्रेष्ठ, ऋचा शर्मा, सुष्मा कार्की, नन्दिता केसी पनि डेरामै बस्छन् ।

पछिल्लो समयमा चलेका कलाकारको मात्र यो अवस्था हैन, झण्डै दुई दशक सिनेमा क्षेत्रमा बिताएका धेरै अभिनेताको अवस्था नाजुक छ । राते काँइला नामले परिचित अभिनेता सुनिल थापाको बसाई डेरामा नै छ ।

सुनिल थापा काठमाडौंको थापागाउँमा भाडामा बस्न थालेको बर्षौ भयो । थापासँगै सिनेमा क्षेत्रमा लागेका अर्का कलाकार दीपक क्षेत्रीको हालत पनि त्यही हो । क्षेत्री अझैसम्म पनि एउटा कोठामै दिन गुजार्दै आएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com