वीरगञ्ज, बैशाख २४ – पर्साको बैरियाविर्तामा मंगलबार विहान एक बालकको शव फेला परेको छ ।
बैरियाविर्ता गाविस वडा नम्वर ६ मा स्थानीय दुर्गा रामका १० बर्षीय छोरा रामाशंकर रामको शव फेला प्रहरीले जनाएको छ । गाउँमा विवाह भोज खान गएका बेलामा गाडीको ठक्करबाट बालकको ज्यान गएको प्रहरीको भनाई छ ।
विवाह भोज स्थलमा कपडाले छोपेर राखिएको अवस्थामा शव फेला परेको र घटनाबारे अनुसन्धान पर्सा प्रहरीले जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !