Headlines News :
Home » » नेपाली कामदार मलेसियामा ३ महिनादेखि ओच्छ्यानमै

नेपाली कामदार मलेसियामा ३ महिनादेखि ओच्छ्यानमै

खोटाङ,  बैशाख २४ – काम गर्ने क्रममा भवनबाट खसेर घाइते भएका एक नेपाली तीन महिनादेखि मलेसियामा थला परेका छन् । चार तलामाथिबाट खसेर घाइते भएका उदयपुर गाइघाटका सुकदेव अधिकारी हिँडडुल पनि गर्न नसक्ने अवस्थामा रहेका संगै काम गर्ने साथीहरुले बताएका छन् ।


मलेसियाको श्रीमञ्जुङको गिगा इन्जिनियरिङ कम्पनीको काम गर्ने क्रममा भवनबाट खसेर अधिकारी गम्भीर घाइते हुनुभएको थियो । अधिकारीको स्थानीय अस्पतालमा उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएको मलेसियामा संगै काम गरेर फर्केका खोटाङ नेर्पा–४ का तोयानाथ बास्तोलाले जानकारी दिनुभयो ।

अधिकारीलाई साथीहरुले ओछ्यानमै खाना दिएर सहयोग गर्दै आएका छन् । ‘मलेसियामा सुकदेबको बेहाल छ’ मोबाइलमा खिचेर ल्याएको तस्बिर देखाउँदै बास्तोलाले भन्नुभयो ‘उठ बस गर्न सक्दैनन्, होस पनि ठीकमा छैन ।’


रोजगारीको सिलसिलामा काठमाडौंको रोज ओभरसिज प्रालि मार्फत ७ महिनाअघि मलेसिया पुगेका अधिकारी गिगा इन्जिनियरिङ कम्पनीमा स्काफोल्डिङको काम गर्नुहुन्थ्यो ।

घाइते भएपछि परिवारको सम्पर्कमा पनि नरहेका अधिकारीको उद्दारका लागि हालसम्म कसैबाट पहल नभएको सुरक्षित आप्रबासन सूचना केन्द्र खोटाङका संयोजक भक्त राईले बताउनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com