Headlines News :
Home » » चिनियाँ शिक्षामन्त्री आज नेपाल आउँदै

चिनियाँ शिक्षामन्त्री आज नेपाल आउँदै


२४  वैशाख, काठमाण्डौं । शिक्षासम्बन्धी चीनका उपमन्त्री हाओ पिङ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।

शिक्षाको क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धनका साथै आपसी हित र चासोका विषयमा विचार आदानप्रदान गर्न शिक्षामन्त्री माधव पौडेलको निमन्त्रणामा उपमन्त्री हाओ नेपाल आउन लाग्नुभएको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले बताउनुभयो । शैक्षिक उन्नयनका लागि आपसी सहयोग विस्तार तथा सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार चिनियाँ उपमन्त्रीको भ्रमण हुन लागेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षालाई सुदृढ बनाउने सरकारको नीतिअनुरुप रोजगारमूलक शिक्षाका निम्ति चिनियाँ सहयोग अपरिहार्य भएकाले चीनसँग प्राविधिक सहायता उपलब्ध गराउन नेपालले आग्रह गर्नेछ ।

वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव शर्माले बनेपामा स्थापना गरिएजस्तै ‘पोलिटेक्निक इन्स्टिच्युट’ स्थापनाका लागि सरकारले अनुरोध गर्ने जानकारी उहाँले दिनुभयो ।
चीनका तत्कालीन प्रधानमन्त्री बेन जियावाओको गत वर्ष भएको नेपाल भ्रमणका बेला १० विद्यालय निर्माण गर्ने सहमति भएको थियो । चिनियाँ सहयोगमा निर्माण हुने विद्यालयमा दुर्गा उच्चमावि थली, बझाङ, राष्ट्रिय निमावि लोमान्थाङ, मुस्ताङ र रत्नराज्य उच्चमावि बराम्ची, सिन्धुपाल्चोक छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com