२४ वैशाख, काठमाण्डौं । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै गरेको लिम्बुवानले गरेको बन्दका कारण बन्दका कारण पुर्वी क्षेत्रका ताप्लेजुङ, पांचथर, ईलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत जिल्लाको यातायात, वजार, पसल, तथा शैक्षिक संस्था प्रभावित बन्दा जनजीवन कष्टकर वन्दै गएको हो ।
धनकुटाबाट पक्राउ परेका आफ्ना सम्पुर्ण कार्यकर्ताको बिना सर्त रिहाई नभएसम्म हड्ताल फिर्ता नहुने परिषद्का उपाध्यक्ष ज्ञानवहादुर गुरुङले जानकारी दिनुभयो ।
मतदाता नामावली संकलनमा अवरोध पुर्याएका लिम्बुवानका कार्यकर्तालाई केही दिन अघि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !