Headlines News :
Home » » पाकिस्तानी जेलमा घाइते भएका भारतीयको ज्यान गयो

पाकिस्तानी जेलमा घाइते भएका भारतीयको ज्यान गयो


बैशाख १९ – पाकिस्तानी जेलमा कैदीको कुटाईबाट गम्भीर घाइते भएका भारतीय नागरिक सरबजीत सिंहको उपचारका क्रममा ज्यान गएको छ ।

पाकिस्तानको लाहौरमा रहेको जिन्ना अस्पतालमा उपचारका क्रममा राती पौने २ बजे उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जासुसीको आरोपमा पाकिस्तानको कोट लखपत जेलमा रहेका सिंहलाई गएको शुक्रबार दुई जना कैदीले आक्रमण गरी घाइते बनाएका थिए । घाइते सिंहलाई भेट्न गएका उनको परिवारका सदस्य उपचारमा लापरवाही भएको र भारत सरकारले बेवास्ता गरेको भन्दै बुधबार फर्किएको थियो ।
परिवारले नियोजित रुपमा पाकिस्तान सरकारले सिंहको हत्या गराएको आरोप लगाएको छ । सन् १९९० मा भएको बम विष्फोट र जासुसीको आरोपमा सरबजीतलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ सुनाएको थियो ।
सरबजीतले आफूले भूलबश सीमापार गरेको भन्दै घटनामा आफ्नो संंलग्नता नरहेको दावी गर्दै आएका थिए । परिवारले पनि उनी निर्दोष रहेको भन्दै शहीद घोषणा गर्न माग गरेको छ ।
सिंहको शव पोष्टमार्टम गरी भारतलाई बुझाईने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर पाकिस्तानले यसबारे प्रतिक्रिया दिएको छैन ।

–एजेन्सीको सहयोगमा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com