बैशाख २७, सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशी नदीमा नुहाउने क्रममा हिजो अपरान्ह तीन जना वेपत्ता भएका छन् । मातातिर्थ औंशीका अवसरमा नदि किनारमा श्राद्द गर्न आएका झापा शान्तिनगरका रमेश बास्कोटा, गोपाल बास्कोटा र काँकडभिट्टाका ज्ञानबहादुर बास्कोटा वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका निरीक्षक राजेन्द्र बस्नेतले वेपत्ताको खोजी कार्य जारी रहेको बताउनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !