Headlines News :
Home » » रसियन यौनकर्मी नेपालमा

रसियन यौनकर्मी नेपालमा


१९ वैशाख, काठमाण्डौं । विश्वका अधिकांश पर्यटकीय सहरमा पुगेका रसियन यौनकर्मीले नेपाललाई समेत आफ्नो गन्तव्य बनाउन थालेका छन् । पर्यटन भिसामा नेपाल आएर रसियन युवतीहरु यस्तो धन्दामा लागेका हुन् । राजधानीका क्यासिनोलाई उनीहरुले आफ्नो अखडा बनाउँदै आएका छन् ।
sexस्रोतका अनुसार क्यासिनोमै उनीहरुले ग्राहक खोज्ने गरेका छन् । पश्चिमी पर्यटकलाई एक सय डलर तथा भारतीयलाई उनीहरुले १० हजार भारुसम्म असुल्ने गरेको स्रोतले बताएको छ । र्‍याड, अन्ना, भेनस, एभरेस्ट, तारा, रोयललगायतका क्यासिनोमा आजभोलि रसियन यौनकर्मी भेटिने गरेका छन् । रोयल क्यासिनोका सञ्चालक मिलन सापकोटा क्यासिनोहरुमा रसियन यौनकर्मीदेखि थालेको बताउँछन् । काठमाण्डों परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंह पनि रसियन यौनकर्मीहरु काठमाण्डौंमा रहेको हल्ला सुनिएको बताउँछन् ।
स्रोतका अनुसार उनीहरु ठमेल क्षेत्रका होटलमा बस्ने गर्दछन् । क्यासिनोका कर्मचारीले नै उनीहरुलाई ग्राहक खोजिदिने गरेको नयाँ पत्रिकामा खबर छ । रसियन यौनकर्मीहरु केही महिनायता राजधानीमा देखिएका हुन् । धेरै पैसा दिने ग्राहकहरु क्यासिनोमा हुने भएकाले उनीहरुले क्यासिनोलाई अखाडा बनाउने गरेका हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com