Headlines News :
Home » » थोत्रो मोबाइलबाट मासिक लाख रुपैयाँ असुली

थोत्रो मोबाइलबाट मासिक लाख रुपैयाँ असुली


हेटौडा - प्रहरीले मकवानपुरको चुरियामाईबाट अनौठो ठगीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । ती युवकले एउटा थोत्रो मोवाइलवाट मासिक एक लाख रुपैयासम्म ठगी गरेर रकम असुल्ने गरेका थिए । पुर्वपश्चिम राजमार्गको चुरियामाईको उकालो सडकमा मालवाहक भारतीय गाडीहरु आएको देखेपछि ती युवकले थोत्रो मोवाईल सडकबीचमा राख्ने गर्दथे । गाडीले छोएपनि, नछोएपनि मेरो मोवाइललाई किन किचेको भनेर भारतीय गाडीका चालकसंग ३ हजारदेखि १० हजार रुपैयाँ सम्म क्षातिपुर्ति लिने गरेका थिए । दिएन भने कुटपिट गर्नसमेत पछि नपर्ने ती युवकलाई प्रहरीले शनिवार राती पक्राउ गरेको छ ।
 
मकवानपुर भैंसे घर भएका ३३ वर्षीय जयवहादुर मोक्तानको नियमित काम नै नोकियाको थोत्रो मोवाइल भारतीय मालवाहक गाडी आएको देखेपछि चुरियामाईको उकालोमा राख्ने गरेका थिए । चालकले देखेर गाडीले मोवाईललाई नछोए पनि वा किचे पनि मोक्तानले एउटा गाडीसंग ३ हजारदेखि १० रुपैयासम्म लिने गरेका थिए । भारतीय गाडीका चालकहरुले प्रहरीलाई  विगतमा पटक/पटक घटनाका बारेमा जानकारी गराएका थिए । शनिवार वेलुका पशुपति नगरका प्रहरी टोली चुरियामाई मन्दिरतर्फ गस्ती गरिरहेको अवस्थामा भारतीय गाडीको चालक र मोक्तानबीच मोवाइलको क्षतिपुर्तिको रकमका वारेमा बार्गेनिङ भइरहेको थियो । त्यती नै वेला प्रहरीले मोक्तानलाई पक्राउ गर्न सफल भएको थियो । मोटरसाइकल चढेर हिड्ने मोक्तानले लामो समयदेखि मोवाईल राजमार्गमा राखेर भारतीय गाडीका चालकलाई धम्क्याएर क्षतिपुर्ति रकम  असुल्दै आएका थिए ।
 


यसरी नै उनले  एक महिनामा न्युनतम एक लाख रुपैयासम्म असुल्ने गरेका थिए । भारतीय गाडी आएको देख्ने वितिक्कै उनले थोत्रो मोवाइल राजमार्गमा राखिदिने गर्छन । गाडीले मोवाईल किच्यो भने १० हजार रुपैया असुल्छन र किचेन भने पनि कम्तिमा ३ हजार रुपैया लिने गरेको मोक्तानले प्रहरीले समक्ष बताए । यो अनौठो खालको ठगी धन्दा उनले  विगत चार महिनादेखि गर्दै आएका थिए  । अपरान्ह ३ वजेदेखि वेलुका ७ वजेसम्म मोक्तानले चुरियामाईको मन्दिरदेखि तीन नम्वर पुलसम्म सडकको खण्डको उकालोमा वसेर ठगी धन्दा चलाउदै आएका थिए । यो धन्दामा संलग्न अरु पनि हुन सक्ने भएकाले थप अनुसन्धान गरिरहेका छौ, प्रहरी उपरिक्षक गुप्तवहादुर श्रेष्ठले भने, ‘यो नयाँ तरिकाको ठगी धन्दा हो ।’

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com