नयाँदिल्ली, बैशाख २६ । भारतको कर्नाटका राज्यमा भएको निर्वाचनमा भारतीय कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ । सत्तासिन भारतीय जनता पार्टी भाजपाले भने विधानसभा निर्वाचनमा हार ब्यहोर्नुप¥यो । कर्नाटकमा सात वर्षपछि कांग्रेसको सरकार बन्ने भएको छ । भाजपालाई उछिनेर पूर्वप्रधानमन्त्री एचडी देवगौडाको जनता दल (एस) दोस्रो दल बनेको छ |
भ्रष्टाचारका कारण बीएस येदियुरप्पाको राजीनामा र उनले पार्टी छोडेका कारण निर्वाचनमा भाजपाले ठूलो नोक्सानी ब्यहोर्नुपरेको बताइन्छ । दुई सय २४ सिटमध्ये दुई सय २३ सिटमा भएको निर्वाचनमा कांग्रेसले १२१ सिट जितेको छ भने भाजपा मात्र ३९ सिटमा खुम्चिएको छ ।
जनता दल (एस) ले ४० सिट जितेको छ । सन् २००८ मा विधानसभा निर्वाचनमा भाजपाले एक सय १० सिट जितेर दक्षिण भारतको कुनै राज्यमा पहिलोपटक सरकार बनाएको थियो । त्यतिबेला कांग्रेसले ८० सिट र जेडीएसले २८ सिट जितेको थियो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !