Headlines News :
Home » » नेटवर्क सुधार्न टेलिकमद्धारा सिस्टम अपग्रेडेसन सुरु

नेटवर्क सुधार्न टेलिकमद्धारा सिस्टम अपग्रेडेसन सुरु

बैशाख, काठमाडौं । नेपाल टेलिकमले मोबाइलको गुणस्तरमा सुधार गर्ने भएको छ । मोबाइलको गुणस्तर सुधार गर्न टेलिकमले मंगलबारदेखि सिस्टम अपग्रेडेसनको काम समेत सुरु गरेको छ । टेलिकमले मंगलबार सिस्टम अपग्रेडेसनका लागि भन्दै सबै मोबाइल सेवा काउन्डरहरु बन्द गरेको जनाएको छ । टेलिकमले सार्वजनिक सुचना तथा म्यासेजमार्फत मंगलबार नेटवर्कमा समस्या देखिएमा मोबाइको स्वीच "अफ" गरेर "अन" गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा टेलिकमको मोबाइलमा नेटवर्क समस्या देखिएको भन्दै सर्वसाधरणले चर्को गुनासो गर्दै आएका छन् । टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा सम्पर्क गर्न ४/५ पटकसम्म डायल गर्नुपर्ने र फोन लागिहाले पनि कुरा प्रष्ट नबुझिने समस्याले गर्दा सर्वसाधरण उपभोक्ता मारमा परेका छन् । सर्वसाधरणबाट चर्को गुनासो आउन थालेपछि सुचना तथा संचार मन्त्री माधव पौडेलले केही साता अगाडि टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहलाई गुणस्तमा तत्काल सुधार गर्न निर्देशन दिनुभएको थियो । मोबाइलको सिस्टम अपगे्रडेसन गरेपछि नेटवर्कमा सुधार आउने अपेक्षा टेलिकमले गरेको छ । सोही अनुरुप टेलिकमले मंगलबार डाटा अपडेट गरिरहेको छ ।

निजी क्षेत्रका मोबाइल कम्पनीहरुसँग प्रतिस्पर्धात्मक क्षमता बढाउन टेलिकमले अहिले भएको नेटवर्क समस्या तत्काल हल गर्नुपर्ने सर्वसाधरण बताउँछन् । पछिल्लो समय नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिन थालेपछि निजी कम्पनीका मोबाइल प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । धेरै जसोले दुईवटा सिम प्रयोगमा ल्याउन थालेका छन् ।

सिस्टम अपग्रेडेसनको काम सकिएपछि उपभोक्ताहरुले सुधारको अनुभव गर्न पाउने टेलिकमको दाबि छ । सिस्टम अपग्रेडेसनको काम सकेर छिटोभन्दा छिटो मोबाइल प्रयोगकर्ताहरुलाई राहत दिने लक्ष्य रहेको टेलिकमले जनाएको छ । टेलिकमले गुणस्तरमा सुधार गरेर १ करोड मोबाइल थप्ने तयारी गरिरहेको छ ।


पछिल्लो समय निजी क्षेत्रका मोबाइल कम्पनीहरुबाट दबाबको महशुस गर्दै आएको टेलिकमले उनीहरुसँग प्रतिस्पर्धा गर्न महत्वाकांक्षी प्रोजेक्ट सम्पन्न गर्दैछ । १ करोड मोबाइल बितरण गर्ने उक्त प्रोजेक्ट १५ अर्ब रुपैयाँ बराबरको लागतमा सम्पन्न हुने बताइएको छ । यो प्रोजेक्ट टेलिकम सेवाको इतिहासमा सबैभन्दा ठूलो परियोजना हो ।

परियोजना अन्र्तगत हुवावेले १ करोड लाइन जीएसएम मोबाइलको टेन्डर प्राप्त गरेको छ । नयाँ टेन्डर हुवावेले पाएपछि टेलिकमको देशभरको नेटवर्क व्यवस्थापन समेत हुवावेलाई सुम्पिएको छ । हुवावेले अहिले नेटवर्क विस्तारका लागि उपकरण जडान कार्य जारि राखेको छ । न्यूनतम आवश्यकताको वस्तु बनिसकेको मोबाइलमा एक दिनमात्र समस्या देखियो भने त्यसले ठूलो हानी पुर्‍याउँछ । पछिल्लो समय अधिकांश कामहरु मोबाइलबाट सम्पन्न गर्ने परिपाटी बस्दै गइरहेको बेलामा टेलिकमको नेटवर्कमा समस्या देखिँदा लाखौं उपभोक्ता मारमा परिरहेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com