Headlines News :
Home » » कार्कीको सिफारिस बदर गर्न माग गर्दै विद्यार्थीको विरोध जारी

कार्कीको सिफारिस बदर गर्न माग गर्दै विद्यार्थीको विरोध जारी

२५ वैशाख, काठमाण्डौं । पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगको प्रमुखमा गरिएको नियुक्तिको सिफारिस अनुमोदन नगर्न माग गर्दै आज पनि बिहानैबाट प्रदर्शन सुरु भएको छ ।


विभिन्न १३ विद्यार्थी संगठनले बिहानैदेखि काठमाण्डौंका अगाडी चक्काजाम गरेका छन् । बिहान ८ देखि १० बजेसम्म दुईघण्टा उपत्यकाका सबै क्याम्पस अगाडी चक्काजाम र दिउँसो १ बजे प्रदर्शन गर्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्कीसहित लोकसेवा आयोगमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ । नागरिक समाजका अगुववले पनि दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
यसैबीच शीलत निवासमा ९ बजे कार्कीसहित यमी र आचार्यको पद तथा गोपनियताको सपथग्रहण हुने कार्यक्रम तय भएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com