Headlines News :
Home » » यसरी ग्राहक ठग्छन् पेट्रोल पम्पले

यसरी ग्राहक ठग्छन् पेट्रोल पम्पले

काठमाडौ, बैशाख २१ – तपाइँको आफ्नै सवारी साधन छ भने पेट्रोल पम्पमा गएर पक्कै तेल भर्नुभएकै होला । सवारी साधनमा जति तेल भरिन्छ पेट्रोल पम्पमा जडान गरिएको मिटरले त्यति नै अंक देखाउँछ र हामी त्यही अनुसार रकम तिर्छौ ।

तर होशियार हुनुस् यसरी देखिने अंक घटीबढी बनाएर पेट्रोल पम्पहरुले ठगी गरेका पनि हुनसक्छन् ।
काठमाडौका केही पेट्रोल पम्पले नाप भन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ बेच्ने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमन गर्दा यस्तो भेटेको हो ।
कलङ्कीको मकालु आयल स्टोर्स, बाफलको मातादेवी आयल स्टोर्स र मैतिदेवीको मैतिदेवी पेट्रोलियम सप्लायर्सले नापमा देखिएभन्दा कम मात्रै तेल बेचेर ग्राहक ठगी गरेको पाइएको विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिनुभयो ।
ती पेट्रोल पम्पले डिस्प्ले पोइन्टरमै गलत अंक देखाउने गरेको उहाँको भनाई छ । विभागले गरेको नापजाँचको क्रममा ती पम्पको डिस्प्ले पोइन्टरमा ५ लिटरमा २० एमएल कम मात्रै देखिएको थियो ।
कम परिमाणमा तेल बेचिरहेको भेटिएपछि ती पम्पलाई तत्कालका लागि पेट्रोलियम पदार्थ बिक्री बितरण नगर्न निर्देशन दिएको निर्देशक बेल्वासेले जानकारी दिनुभयो । वाणिज्य विभागले ती पेट्रोल पम्पलाई आवश्यक प्रक्रियाको कारवाही अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com