काठमाडौं, बैशाख २० – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ ।
हप्तामा ७० घण्टा हुँदै आएको लोडसेडिङ आउँदो आइतबार हप्तामा ५४ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको छ ।
नदीमा पानीको जलस्तर बढ्ने क्रम रहेको तथा भारतबाट हुने विद्युत आयातमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङको समय घटाउन लागेको जनाएको छ । अहिले दैनिक १० घण्टाका दरले लोडसेडिङ हुँदै आएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको एक दिन सात घण्टा, चार दिन साढे ७ घण्टा, एक दिन ८ घण्टा र एक दिन ९ घण्टाका दरले विद्युत कटौती हुनेछ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !