Headlines News :
Home » » तेक्वान्दोमा विनिता र काजललाई स्वर्ण

तेक्वान्दोमा विनिता र काजललाई स्वर्ण

२० वैशाख, काठमाण्डौ । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी विनिता श्रेष्ठ र आयोजक राष्ट्रिय तेक्वान्दो संघकी काजल श्रेष्ठले दोश्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको ४४ केजी उपाधि भिडन्तमा विनिताले उदयपुरकी सन्ध्या सिंहलाई पराजित गरिन् ।
धादिङकी सम्झना भण्डारी र रुपन्देहीकी सपना नेपाली तेश्रो भए । महिला ४६ केजीको फाइनलमा काजलले रुपन्देहीकी अनिता बिसीलाई पाखा लगाइन्। धनकुटाकी विनिता तामाङ र चितवनकी रोशनी लिम्बू संयुक्त रुपमा तेश्रो भए ।पुरुषको ५१ केजीमा काभ्रेका अमित श्रेष्ठ तथा महिलाको ४२ केजीमा उदयपुरकी सुजा राउत र ४९ केजीमा चितवनकी सुस्मिता तामाङ मगर पहिलो भए । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com