२० बैशाख, क्वालालम्पुर । अखिल नेपाल फुटवल संघ एन्फाका महासचिव तथा फुटवलका पुर्व राष्ट्रिय खेलाडि धीरेन्द्र कुमार प्रधान स्वर्ण पदकले सम्मानित हुनु भएको छ । शुक्रवार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहका वीच एसियन फुटवल कन्फीड्रेश (एएफसी)ले उहाँलाई सम्मानित गरेको हो । एफसीका तथा फिफाका अध्यक्षले सयुक्तरुपमा प्रधानलाई सम्मान गर्नु भएको हो ।
यो पुरस्कारवाट सम्मानित हुने प्रधान चाथौ नेपाली हुनु भएको छ । यसअघि गणेश थापा, महेश विष्ट, नरेन्द्र श्रेष्ठले लगायतले उक्त सम्मान पाइसक्नु भएको छ । लगातार तीस वर्ष भन्दावढि फुटवलमा आवद्ध भएकाहरुलाई यो पुरस्कारले सम्मान गर्ने गरिन्छ ।२०३१ साल देखि ए डिभिजनमा फुटवल खेल्न शुरु गर्नुभएका प्रधान २०४७ सालसम्म राष्ट्रिय टिमवाट नेपालको प्रतिनिधित्व गर्दै फुटवल खेल खेल्दै आउनु भएको थियो । हाल उहाँ एन्फाको महासचिव र ओलम्पिक कमिटिको उपाध्यक्षमा पदमा कार्यरत हुनुहुन्छ ।
यस्तै सोही समारोहमा एन्फा उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठ र कोषाध्यक्ष विराट जंग शाही पनि सम्मानित भएका छन् । श्रेष्ठ र शाहीलाई भने नेपालमै मेडल पठाएपछि अखिल नेपाल फुटवल संघले सम्मान गर्नेछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !