Headlines News :
Home » » पुराना जुत्ता ल्याउनुहोस, एडिडासका नयाँ जुत्ता लैजानुहोस

पुराना जुत्ता ल्याउनुहोस, एडिडासका नयाँ जुत्ता लैजानुहोस


काठमाडौं  बैशाख १९ - यदि तपाइहरुसँग पुराना जुत्ताहरु छन भने नफाल्नोस । अब पुराना जुत्ताहरु पनि एडिडासका नयाँ जुत्तासँग एक्सचेञ्ज गर्न पाइने भएको छ । एडिडासको नेपालका लागि आधिकारीक विक्रेता रुट्स फेशन प्रालीले बुधबारदेखि ‘ओल्ड सुज एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ ।
योजना अन्र्तगत ग्राहकहरुले पुराना जुत्ता ल्याएर एडिडासका नयाँ जुत्ता खरिद गर्दा १ हजार ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले राजधानीमा रहेका एडिडासका ९ वटा शो-रुममा योजना लागु हुने जनाएको छ । योजना झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ ।
संकलन भएका पुराना जुत्ताहरु कम्पनीले माइती नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीका अनुसार माइती नेपालले जुत्ताको समेत पहुँच नपुगेका गरिव तथा दिन दुखीहरुलाई संकलित जुत्ताहरु हस्तान्तरण गर्नेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com