Headlines News :
Home » » अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

लुगा धुन फुर्सद नभएका तथा जाँगर नचल्नेहरुका लागि खुसीको खबर छ । अमेरिकामा यस्तो अभूतपूर्व शर्ट बनाइएको छ जो नधोइकन १ सय दिनसम्म लगातार लगाउँदा पनि फोहोर हुँदैन र इस्त्री लगाउनु पनि पर्दैन ।


ऊनी सहितको उक्त शर्ट रिंकल फि्र अर्थात् नखुम्चिने र कडा परिश्रम पछि पनि यसबाट पसिनाको गन्ध पनि नआउने खालको रहेको दाबी उत्पादकको रहेको छ ।


अमेरिकी कम्पनी वुल एण्ड पि्रन्सका अनुसार यो धर्के शर्ट अघाउञ्जी लगाउँदा समेत खुम्चिँदैन, गन्ध आउँदैन । सधै धोएजस्तै फ्रेस देखिन्छ । कटनभन्दा ऊनी ६ गुणा खपाउ भएको र यसले मुज्जा तथा गन्ध समेत प्रतिरोध गर्ने भएकाले यसमा कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने दाबी उसको छ । निकै मीहिन ऊनीको धागोबाट बुनेर यो शर्ट तयार पारिएको छ । एउटा शर्टको मूल्य ९८ अमेरिकी डलर पर्ने बताइएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com