Headlines News :
Home » » मधेसमा कल्पनै नगरेको मत आउँछ : गजुरेल

मधेसमा कल्पनै नगरेको मत आउँछ : गजुरेल

२० बैशाख, सर्लाही । एकीकृत नेकपा माओवादीका मधेस ब्यूरो प्रमुख हरिबोल गजुरेलले अबको निर्वाचनमा एमाओवादीले मधेसमा कल्पनै नगरेको मत ल्याउने दाबी गर्नुभएको छ ।
सर्लाहीको हरिवनमा शनिबार हुने क्षेत्रीय आमसभाको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले भन्नुभयो-’राजनीतिकरुपले मधेस सबैको केन्द्रमा छ, मधेसमा माओवादीको पक्षमा कसैले कल्पनै नगरेको उभार आउँछ ।’
नेता गजुरेलले पार्टी फुटको मधेसमा कुनै असर नभएको समेत दावी गर्नुभयो । मधेसमा नेकपा माओवादीको कुनै प्रभाव नभएको दावी गर्दै गजुरेलले कि एमालेसँग, कि एमाओवादीसँग एकता गर्नुको विकल्प नभएको दाबी गर्नुभयो । सर्लाहीमा शनिबार हुने सभालाई एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com