Home »
politics
» मंसिरमा पनि चुनाब हुन्न : नेकपा–माओवादी अध्यक्ष बैद्य
मंसिरमा पनि चुनाब हुन्न : नेकपा–माओवादी अध्यक्ष बैद्य
काठमाडौँ - बैशाख २१, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आगामी मंसिरमा पनि चुनाव हुन नसक्ने बताउनुभएको छ । वर्तमान सरकार र चार दलिय समितिले केही गरि चुनाव गराएपनि त्यसले आम जनताको संविधान बनाउन नसक्ने अध्यक्ष बैद्यले ठोकुवा गर्नुभयो । रिर्पोटर्स क्लवले राजधानीमा आज गरेको साक्षात्कारमा उहाले आफ्ना माग सम्बोधन नभएसम्म चुनावबारे सोच्न पनि नसकिने बताउनुभयो ।
अध्यक्ष बैद्यले विदेशी शक्तिकै प्रभावमा प्रधानन्यायधिशलाई मन्त्री परिषदको अध्यक्ष बनाइएको आरोप दोहोऱ्याउनुभयो । पछिल्लो समय निर्वाचनमा जाने कुरासंगै विदेशी शक्तिको चलखेल बढेको उहाँको भनाई छ । अध्यक्ष बैद्यले भारत, अमेरिकालगायतका मुलुकले आफुहरुलाइ निर्वाचनमा जान अनावश्यक दबाव दिईरहेको समेत खुलासा गर्नुभयो ।
एकीकृत माओवादीले आफ्नो पार्टीसंग निर्वाचनमा तालमेल गर्ने कुरा गरेर जनतालाई झुक्याउने कोशिस गरिरहेको उहाँको भनाई छ । अध्यक्ष बैद्यले आगामी निर्वाचन विथोल्ने बारे पार्टीले तत्काल कुनै निर्णय भने गरिनसकेको स्पष्ट पार्नुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !