Headlines News :
Home » » अमेरिकामा विद्यार्थीको भिसा जाँचमा कडाई

अमेरिकामा विद्यार्थीको भिसा जाँचमा कडाई


बैशाख २१ – अमेरिकाले विदेशी विद्यार्थीको भिसा जाँचमा कडाई गरेको छ । गएको महिना बोस्टन म्याराथनका क्रममा भएको बम विष्फोटको घटनापछि विदेशी विद्यार्थीको चेकजाँचमा कडाई गरिएको हो ।

बोष्टन आक्रमण सम्बन्धि प्रमाण लुकाएको आरोप लागेका कजाखस्तानका एक विद्यार्थीलाई गएको जनवरीमा वैध भिसाबिनै अमेरिका फर्किन दिएको पाइएपछि भिसा जाँचमा कडाई शुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भन्सार तथा सीमाका सबै अधिकारीका लागि जारी गरिएको निर्देशन अनुसार अमेरिका पुग्नुअघि नै हरेक विद्यार्थीको भिसाको अवस्था जाँच गरिनेछ । निर्देशन अनुसार सम्बन्धित सुरक्षा अधिकारीले उडानका बेला उपलब्ध गराएको जानकारीका आधारमा भिसाको वैधता जाँच गर्नेछन् ।

त्यसमा विद्यार्थीका बारेमा पर्याप्त जानकारी उपलब्ध नभएमा उनीहरुले अमेरिकी डाटाबेसको माध्यमबाट भिसाको स्थितिबारे जाँच गर्नेछन् र शंका लागेका निरीक्षण अधिकारी समक्ष सोधपुछका लागि सिफारिस गर्न सक्नेछन् ।

नयाँ सुरक्षा व्यवस्थाले अवैध रुपमा अमेरिका प्रवेश गर्नेको संख्या घट्ने अमेरिकी अधिकारीको विश्वास छ । तर विमानस्थल तथा सीमा क्षेत्रमा विदेशी विद्यार्थी तथा यात्रुले लामो समय प्रतिक्षा गर्नुपर्ने झण्झट भने थपिने भएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com