वुटवल, बैशाख २० – रुपन्देहीमा प्रहरीले अपहरणमा संलग्न चार जनालाई पक्रेको छ ।
छोट्की रामनगरका प्रितम गिरीलाई अपहरण गरेर लैजाँदै गर्दा सशस्त्र प्रहरीले नवलपरासीको सुनवल चारपाला भन्ने ठाँउबाट धादिङ कटुन्जेका प्रेम गुरुङ, नवलपरासी कोइला पानीका लाप्चे तामाङ, चितवन भरतपुरका आश गुरुङ र उदयपुर गाईघाटका अमृत लामालाइ पक्रेको हो ।
अरु दुई जना भने भागेको प्रहरीले जनाएको छ । गिरीको अपहरणको कारण भने खुल्न सकेको छैन । गिरीलाइ विहीबार राति एक बजेतिर सशस्त्र प्रहरी सुरक्षा पोष्ट शंकरपुर रुपन्देहीको टोलीले सकुशल उद्धार गरेको छ ।

.jpg)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !