Headlines News :
Home » » आमासँगको विवादमा छोरा अपहरण

आमासँगको विवादमा छोरा अपहरण

काठमाडौं, फागुन ८
आमासँगको रकम लेनदेनमा दबाब दिन छोराको अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। भक्तपुरका विनोद लामा, राजन लामा र विश्व लामालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरूले आइतबार काठमाडौंको एराहिटीबाट १६ वर्षे सविन शाक्यको अपहरण गरेका थिए। रेडन कलेजमा कक्षा ११ मा पढ्ने शाक्यलाई उनीहरूले कलेजवाटै अपहरण गरी रकम दिन उनकी आमालाई दबाब दिएका थिए। 
शाक्य आफैं अपहरणकारीबाट उम्किएर घर आएका थिए। उनी घर फर्केपछि परिवारले प्रहरीलाई दिएको जानकारीका आधारमा स्वयम्भुमा लुकेर बसेको तीनै जना पक्राउ परेको प्रहरीले जनाएको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com