Headlines News :
Home » » माओवादीको बन्दः धनकुटामा तीन वटा ट्रक फोडिए

माओवादीको बन्दः धनकुटामा तीन वटा ट्रक फोडिए


काठमाडौं, फाल्गुन ८
नेकपा–माओवादीले आह्वान गरेको बन्दको कारण आज देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सधैं सवारी साधनले अस्तव्यस्त देखिने राजधानीको सडक सुनसान छ । शैक्षिक प्रतिष्ठान, उद्योगधन्दा र कलकारखाना सञ्चालन हुन सकेका छैनन् ।

बन्दको प्रभाव राजधानी बाहिरका जिल्लामा पनि परेको छ । बन्दकै कारण काभ्रे, दोलखा, सिन्धुली, धादिङ, नुवाकोट, धनुषा, चितवन, पोखरा, नवलपरासी, कपिलवस्तु, बर्दियालगायत जिल्ला पनि ठप्प बनेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

धनकुटामा तीन वटा ट्रक तोडफोड गरिएको छ । बन्दका कारण देशभरका राजमार्गहरुमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । बन्दकर्ताले चोकचोकमा बसेर प्रदर्शन गरिरहेका छन् ।

मुलुकमा विदेशी हस्तक्षेप बढेको र मूख्य दलहरु विदेशीको गोटी बनेको आरोप लगाउँदै माओवादीले बन्द आह्वान गरेको हो । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपितमाथि मुद्दा चलाइएकामा आपत्ति जनाउँदै नेपाल बन्द गरेका उनीहरुले हत्या आरोपमा समातिएकालाई छाड्नुपर्ने माग गरेका छन् ।

अहिलेको सरकारको राजीनामा, निर्दलीय सरकार गठनको विरोध, दलहरुकै संलग्नतामा राष्ट्रिय सरकार बनाउनुपर्ने जस्ता माग पनि अघि सारिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com