Headlines News :
Home » » बन्द साँझ ५ बजेसम्म मात्र

बन्द साँझ ५ बजेसम्म मात्र

काठमाडौँ, फागुन ८
बन्दले थन्किएका गाडी
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि बन्द आह्वान गरेको घोषणा गरेको भएता पनि प्रेसका दुई गाडीहरू ६ बजेभन्दा अगाडि नै बन्दकर्ताले तोडफोड गरेका छन्। 
बन्द आह्वानकर्ताले सञ्चारकर्मीलाई लिएर आएको कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान ५:३० बजे नै तोडफोड गरेका थिए।
महानगरीय प्रहरी प्रवक्ता हेमन्त पालका अनुसार बन्दकर्ताले बिहान ५:३० बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक-एक वटा माइक्रोबस तोडफोड गरेका थिए।
नेकपा-माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर हिजो साँझ प्रेस विज्ञप्ति जारी गरे तापनि बन्द आह्वानकर्ताले पार्टीको घोषणाविपरीत गएर प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन्। रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com