काठमाडौं, माघ २
नेपालको तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुद (सन् २००६)मा भाग लिई पदक जितेकी भलिबल खेलाडी सिपोरा गुरुङ आगामी मिस नेपाल ब्युटिपेजेन्टमा छानिएकी छन्।
२०६७ सालमा वर्षकी लोकप्रिय खेलाडी समेत बनेकी सिपोराले केही महिनाअघि एक गुरुङ फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी थिइन्। उनले सन् २०१३ को मिस नेपालमा अन्य १५ युवतीसँग प्रतिस्पर्धा गर्नेछिन्।
राजधानीमा भएको छनोट चरणमा देशभरिका ४७ युवतीको सहभागिता थियो। सिपोरा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको समेत तयारीमा छिन्।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !