Headlines News :
Home » » फेसबुकको लाइक बटनमाथि चोरीको मुद्दा

फेसबुकको लाइक बटनमाथि चोरीको मुद्दा

सामाजिक संजाल फेसबुकमा लाइक गरेकै कारण धेरै जनाले मुद्दा मामिलाको झण्झट बेहोर्नु परेको छ । तर, अहिले त्यही फेसबुकले नै लाइक बटनका कारण मुद्दा झेल्नु परेको छ ।

एक डच दिवंगत प्रोग्रामर योहानेस योसेफ एवेरारदुस फान डेर मीरको तर्फबाट पेटेन्ट राख्ने कम्पनीले मुद्दा हालेको हो । रेमब्रांट सोशल मिडिया नामको यस कम्पनीले फेसबुकको सफततामा फान डेर मीनको दुई पेटेन्टको योगदान रहेको र त्यो अनुमति विना फेसबुकले प्रयोग गरेको दावी गरेको छ ।


उसले फेसबुकविरुद्ध अमेरिकाको भर्जिनियामा मुद्दा हालेको छ । यसबारे फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन । रेमब्रोंटसँग फान डेर मीनको ती सबै पेटेन्ट छ, जुन उसले सुरुमा सोशल नेटवर्क बनाउन प्रयोग गरेको थियो । उसले बनाएको सोशल नेटवर्कको नाम सर्फबुक दिइएको थियो । फान डेर मीरको सन् २००४ मा निधन भएको थियो । उनले यो पेटेन्ट सन् १९९८ मा नै लिएका थिए, जबकी फेसबुकको शुरुवात त्यसको ५ वर्षपछि भएको थियो ।

मुद्दा दायर गर्दा प्रस्तुत गरिएको दस्तावेजका अनुसार सर्फबुक एक सोशल डायरी भएको, जसको माध्यमबाट मानिसहरु आफ्नो साथीभाई र परिवारसँग जानकारीहरु बाड्न सक्थे र लाइक अप्सनको माध्यमबाट कुनै पनि कुरा मनपराउन सक्थे । फेसबुकलाई यो कुरा जानकारी रहेको र उसले केही पेटेन्टका लागि आवदेनसमेत दिएको दावी गरिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com