माघ २९
अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न एएफसी च्यालेन्जकप फुटबल छनौटको तयारीकालागि राष्ट्रिय टोलीको दोस्रो चरणको छनौट गरेको छ । यसअघि पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलकालागि चुनिएका ३१ मध्ये सुलभ मास्के, सरोज दाहाल र गणेश खड्का च्यालेन्जकपको समुह चरणको छनौटलाई लक्षित गर्दै घोषित टोलीमा परेका छैनन् । टोलीमा सागर थापा, जुमानु राई, अनिल गुरुङ्ग, सन्दिप राई, विराज महर्जन, सन्तोष साहुखल, चेतन घिमिरे, विजय गुरुङ लगायत परेका छन् । उनीहरु मध्येबाट २१ जना राष्ट्रिय टोलीकालागि छानिने छन् ।यसअघिका प्रतियोगितामा नियमित रुपमा नेपाली टोलीको स्ट्राइकिङ लाइनअप सम्हाल्दै आएका जुमानुलाई प्रशिक्षक ज्याक स्टेफनोस्कीले पाकिस्तान विरुद्धका दुबै मैत्रीपूर्ण खेलमा मैदान बाहिर राखेका थिए । काठमाडौंमा आगामी महिना आयोजना हुने च्यालेन्जकपको समुह डीको छनौट चरणमा नेपालले प्यालेस्टाइन, बंगलादेश र नर्दन मरियाना आइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !