Headlines News :
Home » » मैंले आफू प्रधानमन्त्री बन्न कसरत गरेको हैन : प्रचण्ड

मैंले आफू प्रधानमन्त्री बन्न कसरत गरेको हैन : प्रचण्ड


काठमाडौं, माघ १४ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव मुलुकलाई चुनावमा जानबाट कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

प्रधानन्यायधीश खिलराज रेग्मीले चुनावका लागि आफू जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताएकाले अव मुलुक चुनावमा केन्द्रत हुने प्रचण्डले बताउनुभयो ।

मातातिर्थमा भएको कार्यक्रम अध्यक्ष प्रचण्डले आफूमाथि प्रधानमन्त्री बन्न खोजेको भनेर आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गर्नुभयो ।

‘मैंले आफू प्रधानमन्त्री बन्न कसरत गरेको होइन ।’ प्रचण्डले भन्नुभयो ‘मुलुकमा सहमतीय आधारमा चुनाव होस् भन्ने मेरो चाहना हो । प्रधानन्याधीश सहमत भएसँगै अव चुनावमा जाने ढोका खुलेको छ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com