Headlines News :
Home » » चुनावमै केन्द्रीत हुनुपर्नेमा एमाले अध्यक्ष खनालको जोड

चुनावमै केन्द्रीत हुनुपर्नेमा एमाले अध्यक्ष खनालको जोड


भक्तपुर, फागुन १४ - नेकपा एमालेका अध्यक्ष भलनाथ खनालले अब मुलुकले निकास पाउने दावी गर्नुभएको   छ ।

भक्तपुरमा भएको कार्यक्रम एमाले अध्यक्ष खनालले प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व गर्न तयार रहेको बताएकाले अब मुलुकले निकास पाउने दाबी गर्नुभएको हो ।

खनालले भन्नुभयो ‘अब बाबुराम भट्टराई नेतृत्वको सरकार ढल्छ, प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार बन्छ, निर्वाचन हुन्छ र देशले निकास पाउँछ ।’

एमाले अध्यक्ष खनालले अव चुनाव हुने निश्चित भएकाले यसैमा सबै केन्द्रीत हुनुपर्ने बताउनुभयो । मुलकुमा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएका बेला संबैधानिक संकट समेत चुलिदै गएकाले रेग्मीको पक्षमा भएको सहमति एकमात्र निकासको आधार भएको खनालको भनाई छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com