माघ २९
काठमाण्डौँको मनमैजुमा पनि वर्डफ्लुको संक्रमण भेटिएको छ । मनमैजु १ नेपालटारका सुवर्ण बस्नेतको पोल्ट्री फर्ममा संक्रमण भेटिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । बस्नेतको फर्मबाट संकलन गरि ल्याएको नमुना परिक्षणपछि गएराती बर्डफ्लुको संक्रमण पुष्टि भएको निर्देशनालयका प्रवक्ता डा नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । बस्नेतको फर्मका १ हजार ४ सय ४० कुखुरा मरेपछि मात्र निर्देशनालयमा खवर गरेकाले संक्रमण फैलिएको घिमिरेले बताउनुभयो ।
संक्रमणको पृष्टि पछि निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयबाट विहान गएको टोलीले बाँकी ७ हजार ६० कुखुरा र साढे ९ क्विन्टल दाना नष्ट गरेको छ । पछिल्ला ३ दिनमा काठमाण्डौँको नयाँपाटी र जीतपुर तथा एक महिना अघि सितापाईलामा र रामकोटमा बर्डफ्लुको संक्रमण भेटिएको थियो । एकपछि अर्को स्थानमा वर्ड फ्लुको संक्रमण फैलिएपनि सरकारले नियन्त्रणकालागि ठोस कदम चाल्न सकेको छैन ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !