Headlines News :
Home » » नेपाल बन्द भए पनि दाङ बन्द नहुने

नेपाल बन्द भए पनि दाङ बन्द नहुने

तुलसीपुर (दाङ), फागुन ८
नेकपा-माओवादीले विभिन्न माग राखी आज आह्वान गरेको नेपाल बन्द कार्यक्रमबाट दाङमा भने प्रभाव नपर्ने भएको छ। 
घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेलालाई ध्यानमा राख्दै दाङ खुला रहने नेकपा-माओवादी दाङका सचिव शीतलले जानकारी दिए।
तर दाङबाट अन्य जिल्लामा बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन भने सञ्चालन हुन नदिने नेकपा-माओवादीले जनाएको छ।

यसअघि बन्दको पूर्व सन्ध्यामा हिजो साँझ भने जिल्लाका तुलसीपुर, घोराही र लमहीमा मसाल जुलुस निकालिएको थियो। रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com