गोलबजार (सिरहा), फाल्गुन ८
सिरहाको विष्णुपुर गाविसस्थित शिवा इँटा उद्योगमा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति इँटा उद्योगमा स१त ३६१३ नम्बरको ट्याक्टर पल्टिँदा चालक सत्यनारायण मण्डलको मृत्यु भएको हो । मृतक मण्डल भारतीय नागरिक हुन् ।
उद्योगमा इँटा लोड गरेर बाहिर ल्याउने क्रममा ट्याक्टर पल्टिँदा चालक मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ । मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । रासस

0 comments:
Speak up your mind
Tell us what you're thinking... !